समाचार

आगलागीबाट भएको क्षति पहिचान तथा राहत एवं पुनर्स्थापनाका लागि समन्वय गर्न टोली परिचालन

Bai 13, 2081

काठमाडौं/ यही मिति २०८१ बैशाख १२ गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाहरुका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरुसँग समन्वय र सहजीकरण गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा एक टोली परिचालन गरिएको छ । 
प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको संयोजकत्वको उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा. डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा हुनुहुन्छ ।  
टोलीले क्षतिको पहिचानका साथै पीडितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिनेछ । साथै, जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरण गर्नेछ । 
जरलहवा टोलमा बुधबार दिउँसो १ बजेबाट सुरु भएको आगलागीमा परी ९१ कच्ची र ९ वटा अर्ध पक्की गरी १०० वटा घर जलेको, ४५५ व्यक्ति प्रभावित भएको, पाँच वटा बाख्रा र २ वटा सुंगुर जलि नष्ट भएको छ । 
प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न संघ-संस्थाबाट खाद्यान्न एवं आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ ।

पुष्पकमल दाहाल "प्रचण्ड"

सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय परिषद्का अध्यक्ष

रवि लामिछाने

माननीय उपप्रधानमन्त्री/गृह मन्त्री तथा कार्यकारी समिति अध्यक्ष

पदाधिकारी

अनिल पोखरेल

कार्यकारी प्रमुख

भरत मणी पाण्डे

सह सचिव

रामेश्‍वर मरहट्टा

सह सचिव

डिजन भट्टराई

उप सचिव एवम् प्रवक्ता र सूचना अधिकारी

सम्पर्क : 9851320269

: dijansmita@gmail.com

आगामी कार्यक्रम

  • 29
  • Aso

15th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 3
  • 30
  • Aso

16th October 14:00-1600 (UTC+8) INSARAG Asia-Pacific Regional Meeting

  • 4